२०८३ साउन ११ सोमबार

खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याइने, मूल्य पनि फरक–फरक हुने

ई आर्थिक    शुक्रबार, पौस २६ २०८१
8.2K
Shares
खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याइने, मूल्य पनि फरक–फरक हुने

ई–आर्थिक, काठमाडौं । खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा माघभित्रै छुट्याउने तयारी थालिएको छ । उक्त ग्यासको मूल्य फरक–फरक हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् ।

हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिइरहेको छ । जसबापत वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी अनुदानमा खर्च भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

उनका अनुसार अहिले प्रतिसिलिन्डर ३ सय रुपैयाँ हाराहारी अनुदान दिने गरिएको छ । त्यो अनुदान घरायसी प्रयोजनमा केन्द्रित गरी अनुदानको अनुभूति दिलाउने काम माघ महिना भित्रै गराउने समेत उनले बताए ।

अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने खर्च ९ अर्ब रुपैयाँले बच्ने देखिएको उनले जानकारी दिए । बरु, घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाउन सकिने देखिएको समेत उनको भनाइ छ । यसले आमजनतालाई सहुलियत दिने तयारी रहेको उनले बताए ।

सरकारले लामो समयदेखि तयारी गरे पनि व्यवहारमा ल्याउन सकेको छैन । नेपाल आयल निगमको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि आवश्यक तयारी गर्नसमेत निगमलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij