कपिल आचार्य
नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य म ई.कपिल आचार्यले ४ वर्षे पदावधी सम्पन्न गरेको छु।
‘उर्जा क्षेत्रको एक विद्यार्थीको नाताले यो ४ बर्ष मेरो लागि अर्को विश्वविद्यालय थियो। जहाँ मैले उर्जा क्षेत्र, नेबिप्रा र सो सम्बन्धित विषयमात्र हैन देश, समाज, राजिनिती र सिंगो कर्मचारी प्रशासन र सोको मनोविज्ञान लाई औपचारिक फोरमबाट बुझ्ने अवसर पाए जुन मेरा लागि अमुल्य छ Ӏ यो अवसर प्रदान गर्नुहुने तत्कालिन उर्जा मन्त्रि मा. बर्षमान पुन ज्यू लगायत सम्बद्द सबै पक्षलाई आभार प्रकट गर्न चाहन्छु’ ।
संचालक समिति सदस्यको जिम्मेवारीमा रहदा विद्यमान ऐन कानुनको ब्यबस्था अनुसार नेबिप्राको पक्षमा रहेर आफ्नो ज्ञान, क्षमता र अनुभवको आधारमा संचालक समितिमा आफ्नो मत/अभिमत हरु व्यक्त गरेको छु । साथै, संचालक समितिको सदस्यको हैसियतमा विभिन्न समितिहरुको नेतृत्व गर्ने र त्यहाँ बाट नेबिप्राको पक्षमा केहि नयाँ प्रयासहरु गरेको छु भन्ने विश्वास लिएको छु ।
लेखा परिक्षण समिति-अध्यक्ष
• पहिलो पटक “लेखा परिक्षण समिति” को कार्यविधि निर्माण तथा स्वीकृत गर्ने कार्य
• पहिलो पटक आ.ब. २०७९/८० को “लेखा परिक्षण प्रतिबेदन” तोकिएको समयभित्र नै संचालक समितिको बैठकमा पेश तथा स्वीकृत
• उक्त आ.ब. २०७९/८० को “लेखा परिक्षण प्रतिबेदन” महालेखा परिक्षण कार्यालयमा तोकिएको समयमै इतिहासमा पहिलो पटक पेश र करोडौ जरिवाना बचत
• नेबिप्राको बार्षिक कार्यक्रम तथा बजेट निर्माणलाई बिगत भन्दा अझै ब्यबस्थित र पारदर्शी बनाउने कार्यको नीतिगत सुधार तथा ब्यबस्था गरेको
• आन्तरिक लेखा परिक्षण कार्यलाई बार्षिक कार्यतालिका बनाई सोहि अनुरुप प्रतिफलमुखी हुने गरि विभिन्न नीतिगत ब्यबस्था हरु गरेको
• लामो समयदेखि आयोजना सम्पन्न हुन नसकेका, सम्पन्न भएरपनि पुँजीकरण हुन नसकेका, हर-हिसाब फरफारक हुन नसकेका आयोजना सम्बन्धमा अध्ययन गरि सम्बन्धित निर्देशनालयलाई आवस्यक कार्य पुरा गर्न निर्देशन दिएको ,जस अनुसार धेरै आयोजनाहरुको माथि उल्लेखित कार्य सम्पन्न भएको र केहि प्रकृयामा रहेको
• महालेखा परीक्षक कार्यालयबाट तोकिएका लेखापरिक्षक हरुले दिएको प्रतिबेदन उपर छलफल/परिमार्जन र परिष्कृत गरि, ब्यबस्थापनलाई आर्थिक प्रशासन क्षेत्रको सम्पूर्ण कार्यलाई अझ ब्यबस्थित/पारदर्शी र प्रतिफलमुखी बनाउन आवस्यक सुझाब सहित “लेखा परिक्षण प्रतिबेदन” संचालक समिति समक्ष पेश गरेको
प्रशासकीय पुनरावलोकन समिति-अध्यक्ष
• ब्यबस्थापनले गरेका बिद्युत वितरण तथा ग्राहक सेवा सम्बन्धमा ग्राहकहरुको गुनासो-उजुरी को बिषयमा अन्तिम निर्णय दिनसक्ने कानुनि अधिकार क्षेत्र रहेको यस समितिको नेतृत्व गर्दै हालसम्म यस समिति समक्ष प्राप्त सम्पूर्ण निबेदन किनारा लगाएको, जसमध्ये अध्ययन तथा प्रमाणका आधारमा केहि नेबिप्राले गरेका निर्णय बदर गर्दै ग्राहकको पक्षमा निर्णय गरेको
नेबिप्राको संगठन संरचना तथा स्थायी दरबन्दी पुनरावलोकन समिति-संयोजक
• बि.स. २०७० साल यता पटक पटक नेबिप्राको संगठन संरचना तथा स्थायी दरबन्दी पुनरावलोकन समिति बन्ने, अध्ययन हुने, प्रतिबेदन पेश हुने तर बिबिध कारणले कार्यन्वयन नभैरहेको सन्दर्भमा अध्ययन तथा सम्बन्धित विभिन्न सरोकारवालाहरु संगको लामो छलफलको निष्कर्ष बाट प्रतिबेदन तयार गरि संचालक समितिमा पेश गर्न सफल भएको
• उक्त प्रतिबेदन अघिल्लो आ.ब. मै संचालक समिति बाट स्वीकृत भै कार्यन्वयनमा आइसकेको
• पदपूर्ति तथा अन्य केहि बिषयमा लोकसेवा आयोग, मन्त्रालय तथा सम्बन्धित क्षेत्रबाट समेत स्वीकृत भै हाल कार्यन्वयनको चरणमा रहेको
• उक्त प्रतिबेदन अनुरुप नेबिप्राको बर्तमान संरचनामा ब्यापक परिवर्तन भएको
• आजको बिज्ञान, प्रविधिको उपयोग र उपलब्धता, ग्राहकहरुको माग र चहाना, बिध्यमान र निकट भविष्यमा निर्माण हुने बिद्युत प्रशारण तथा वितरण संरचनाको आधारमा पुनरावलोकन गरिएको
• उक्त प्रतिबेदनले करिब १५०० प्राबिधिक र ३०० प्रशासनिक, मध्यम स्तरको जनशक्तिको दरबन्दी ब्यबस्थापन गरेको छ, जुन दरबन्दीहरुमा अबको केहि दिनमै लोकसेवा बाट बिज्ञापन हुनेछ ।
माथि उल्लेखित कार्यहरु गर्न गराउन सहयोग गर्ने विभिन्न समितिका सदस्य ज्युहरु, समिति संग प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी साथीहरुलाई समेत आभार प्रकट गर्दछु । साथै, पुनश्च: यो ४ वर्षे दौरानमा मेरो जिवन सिकाई तथा भोगाईको यात्रामा सहयोग गर्नुहुने संचालक समितिको नेतृत्व गर्ने आठैजना मन्त्रिज्युहरु, तत्कालिन उर्जा सचिव, राजस्व सचिव तथा संचालक समिति सदस्यहरु, संचालक समितिको सदस्य सचिव एवं कार्यकारी निर्देशक लगायत सम्पूर्ण नेबिप्रा कर्मचारीहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु !