ई-आर्थिक, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सह सचिव मदन दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि सुम्पिएको छ । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि दाहाललाई कार्यकारी भूमिका प्रदान गरेको हो ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाललाई बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकीएको मन्त्रालयले जनाएको छ ।
वर्तमान अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार अनुसन्धान आयोगले भ्रष्टारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरे सँगै उनि निलम्बनमा परेका थिए । उनको निलम्बन सँगै प्राधिकरणका अधिकारीले मन्त्रालय सँग नेतृत्व माग गरेका थिए । अहिले कार्यकारी निर्देशकको पद पनि खालि रहेको छ ।