आकृति राणा
व्यवस्थापक र मार्केटिंग इन्चार्ज
नेशनल सेन्टर फर रिपोक्डटिभ हेल्थ प्रा.लि.
नेशनल आईभीएफको बारेमा बताइदिनोस न ?
नेशनल आईभीएफ एक सुपरिचित नाम हो । यो आइभीएफ सेन्टर नेशनल सेन्टर फोर रिपोक्डटिभ हेल्थ प्रालिबाट सञ्चालित सेन्टर हो । यो आईभीएफ सेन्टर दुई वर्षदेखि संचालित छ । यो काठमाडौंको कान्तिपथमा रहेको छ। यस सेन्टरले निःसन्तान सेवा लिन आएका व्यक्तिहरुमध्ये ८५ देखि ९० प्रतिशतसम्म सफलता हासिल गरेको छ ।
यो सेन्टरले ‘वान स्टप सोलुसन’को सेवा प्रदान गरिरहेको छ । कतिपय आईभीएफ सेन्टरहरु एउटा ठाँउमा हुन्छन्भने प्रयोगशाला अर्को ठाउँमा हुन्छन् । तर नेशनल आईभीएफले एकै ठाउँबाट सबै सेवाहरु प्रदान गरिरहेको छ ।
नेशनल आईभीएफ नेपालको एक समग्र प्रजनन समाधान क्लिनिक हो । यस क्लिनकले आमा बाबा बन्ने इच्छालाई पूरागराउने काम गर्दछ ।
नेशनल आईभीएफले उपचार स्ट्यन्डर्ड प्रोटेकलमा आवद्ध भएर काम गरिरहेको छ । बिरामीहरूलाई सहज बनाउन, विशेषज्ञता र मानवीय सेवामार्फत आत्मविश्वास जगाउने काम गरिरहेको छ । नेशनल आईभीएफले Advance Reproductive Technology प्रविधिका सम्पूर्ण उपचार गराइरहेको छ ।
यसले गर्दा पनि सेवाग्राहीहरुको मन जित्न सफल भएको छ । सस्तो मूल्यमा गुणस्तरीय सेवा दिनु नै नेशनल आईभीएफको लक्ष्य रहेको छ ।
नेशनल आईभीएफ सेन्टरले हालसम्म कति जनालाई सेवा दिइसकेको छ ? सेवाग्राही कत्तिको सन्तुष्ट भएको पाउनुभएको छ ?
यस आईभीएफ सेन्टरमाा हजारौंलाई उच्च सक्सेस रेटका साथ सेवा दिँदै आइरहेको छ । आईभीएफ गर्दा शतप्रतिशत भन्ने हुदैन । कतिपय विरामीहरु पहिलो चरणमा सक्सेस नभएर दोस्रो चरणमा सक्केस भएका छन् । हाम्रोमा सेवा लिन आउनेहरु खुशी भएरै जानुभएको छ । समग्रमा भन्दा यहाँ उपचार गराएर गएकाहरुको फिडब्याक पनि अत्यन्तै राम्रो रहेको छ । यसले हामी अझ प्रोत्साहित गरेको छ ।
नेशनल आईभीएफका विशेषताहरु के कस्ता छन् ?
नेशनल आईभीएफ हरेक निःसन्तान दम्पतीका लागि वान स्टम सोलुशन हो । हाम्रो क्लिनिकमा सबै किमिसका निःसन्तान सेवा उपलब्ध छ । जस्तै OI/IUI/ IVF/ ICSI/ D5 culture / hysteroscopy/ laparoscopy /Delivery services/NICU care /PGT आदि एकै भवनमा उपलब्ध छ ।
हामीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर गणस्तरीय सेवा उपलब्ध गराउँदौ आएका छौं । अनुभव प्राप्त डक्टरहरुबाट स्तरीय उपचार गराउँदै आएका छौं । अर्को भनेको खर्चको कुरा आउँछ । हामी सकेसम्म कम खर्चमा गुणस्तरीय सेवा दिन हरसम्मत प्रयासरत रहन्छौं । यी र यस्तै कुराहरुले गर्दा हाम्रोमा उपचार गराउन आकर्षित हुन्छन् ।
तपाईको आईभीएफका उदेश्यहरु के के छन् ?
‘जहाँ साकार हुन्छन्, सन्तान प्राप्तिका अधुरा सपनाहरु” यहि मूल उद्देयका साथ हाम्रो सेन्टर सञ्चालित छ । हाम्रो सेन्टरको उद्देय भनेको व्यक्ति र जोडीहरूलाई अत्याधुनिक सेवामार्फत सन्तान प्राप्तिको खुशी दिनु हो ।
हामीले अनगिन्ती परिवारका सपनाहरूलाई वास्तविकतामा परिणत गर्ने लक्ष्य राख्छौं, हरेक सफलताको कथाको साथ आशा र खुशीलाई बढाउँदै जाने लक्ष्य रहेको छ । नेशनल आईभीएफ प्रजनन सेन्टर मात्र होइन; हामी आशा र विश्वासको भरोसा पनि हौ ।
यस सेन्टरबाट सेवा लिँदा कति खर्च लाग्छ ?
अहिलेसम्म यस सेन्टरबाट हजारौं भन्दा बढीले सेवा लिइसकेका छन् । आईभीएफको खर्चको कुरा गर्दा यति नै भन्ने हुन्छ भन्ने हुँदैन । कुन प्रविधिको उपचार गरिएको हो, त्यस अनुरुप खर्च निर्धारण हुन्छ । अर्को कुरा शुल्कको निर्धारण भनेको इन्जेक्सन र औषधिले पनि फरक पार्छ ।
पहिला भन्दा अहिले आईभीएफ गर्नेको संख्या बढ्दो छ । किन होला ?
पहिला पनि मानिसहरुमा निःसन्तानपन थियो । तर जनचेतनाको अभावको कारण उनीहरु समाजमा खुलेर आउन चाहदैन थिए । तर पछिल्लो समय मानिसहरुमा जनचेतनाको विकास भएको पाइन्छ । बच्चा भएन भने आईभीएफ गर्नुपर्छ भन्ने मानसिकताको विकास भएको पाइन्छ । यसले पनि आईभीएफ गर्नेको संख्या बढेको हो । अर्को भनेको ढिलो विवाह ,वातावरण, रहन सहन, खान पान, मासिनक तनाव, जीवनशैलीमा आएको परिवर्तनले पनि निःसन्तानपन बढेको पाइन्छ । त्यस्तै वैदेशिक रोजगारका कारणले पनि आईभीएफ गर्नेको संख्या बढ्दो पाइएको छ । यी र यस्तै कारण पछिल्लो समयमा आईभीएफ गर्नेको संख्या बढेको पाइन्छ । समस्या बढे पनि नयाँ नयाँ प्रविधि जस्तै Advance Reproductive technology द्वारा सफलता प्रदान गर्न सफल भएका छौं । कयौं निःसन्तान दम्पतिलाई सन्तान सुख दिएर दुःखलाई खुशीमा परिवर्तन गर्न सफल भएका छौं ।