डा. सविना सिंखडा
वर्दान फर्टीलिटी सेन्टर
तपाईको संस्थाको परिचय दिनुहोस् ?
हामीले करिब चार वर्ष अगाडी यो सेन्टर संचालनमा ल्याएका हौं । स्थापनादेखि अहिलसम्मको हाम्रो कामलाई हेर्ने हो भने हामी धेरै उत्साहित छौं । हामी सर्वसुलभ मूल्यमा कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्नेमा नै केन्द्रित हुन्छौं । हामीले अन्तर्राष्ट्रियस्तरमा उपलब्ध भएका पछिल्ला प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिइहेका छौं । त्यस्तै हामीकहाँ आईभीएफ क्षेत्रमा लामो समय काम गरेका अनुभवी डक्टरहरु छन् । यसले गर्दा पनि ग्राहकहरुका आकर्षकको केन्द्र वर्दान बनेको हो । अहिलेसम्म हामीले चार हजार भन्दा बढीलाई सेवा उपलब्ध गराइसकेका छौं । वर्दानमा सेवा लिन आउने सहरी क्षेत्रका अलवा ग्रामिण क्षेत्रमा पनि दूरदराजका मान्छेहरु आउने गरेका छन् । वर्दान आईभीएफ निःसन्तान दम्पतीहरुका लागि साँच्चिकै बरदान सावित भएको छ ।वर्दान आईभीएफ सेन्टर स्थापना गरेको सन् २०२० बाट हो । वर्दान स्थापान भएको अहिले ४ वर्ष पुगेको छ । अहिलेसम्म आईपुग्दा वर्दानले धेरै सफलता हासिल गरेको छ । वर्दान आईभीएफ सेन्टरले जहिले पनि गुणस्तरीय सेवामा जोड दिने गरेको छ । यस सेन्टरले पेसेन्ट ओरिन्टेड रुपमा काम गर्छ । वर्दानले पेसेन्ट क्यर, गुणस्तरीय उपचारमै केन्द्रीत रहन्छ ।
वर्दानका विशेषताहरुको बारेमा बताइदिनोस न ?
कुनै पनि क्षेत्रमा अनुभवको महत्वपूर्ण भूमिका हुन्छ । वर्दान कुनै व्यापारीले संचालन गरेको सेन्टर होइन । यो आईभीएफ क्षेत्रमा लामो समयसम्म काम गरेका अनुभवी डक्टरले संचालन गरेको आईभीएफ सेन्टर हो । मैले अघि नै भनिसके कि हामी गुणस्तरीय सेवामा विस्वास गर्छौ । हामी जहिल्यै पनि कसरी कम मूल्यमा गुणस्तरीय सेवा दिन सकिन्छ भन्नेमा नै कन्द्रित हुन्छौं ।
अरु आईभीएफ भन्दा वर्दान यस्तो उस्तो भनेर बढाइ चढाइ गर्न म चाहन्न । हामी कसरी गुणस्तरीय सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने कुरामा दिनरात लागिरहन्छौं । यसले गर्दा हामी छोटो समयमा पनि सबै माझ लोकप्रिय बन्न सफल भएका छौं । यहि नै हो जस्तो लाग्छ हाम्रो विशेषता ।
खर्चको कुरा गर्दा यहाँबाट सेवा लिँदा कत्तिको महंगो पर्छ ?
अहिले बजारमा आईभीएफ गर्न महंगो हुन्छ भन्ने अफवाह फैलाइएको पाइन्छ । कतिजनाले चाहेर पनि आईभीएफ गर्न सकिदैन । यो धेरै महंगो हुन्छ भन्ने सुन्नमा आउँछ । कसले र किन यसरी अफवाह फैलाइदैछ , मलाई अचम्म लाग्छ । अरु देशको तुलनामा हाम्रोमा आईभीएफ गर्न धेरै नै सस्तो छ । खर्चको कुरा गर्दा आइभीएफ सेवा लिन आउने मान्छेको अवस्था कस्तो छ, त्यसमा भर पर्ने गर्दछ । यसरी समग्रमा हेर्दा वर्दानले तीन लाख ५० हजार देखि चार लाखको हाराहारीमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ । मैले अघि पनि भने यो अन्य देशको तुलनामा धेरै नै सस्तो हो ।
वर्दानको नेटवर्क कहाँ–कहाँ छ ? भावि योजना के–के छ ?
हामीले काठमाडौं बाहेक बुटवलमा वर्दानको शाखा सञ्चाल गरेका छौ । देशका अन्य ठाउँमा पनि सञ्चालन गर्ने योजना रहेको छ ।
नेपालमा बाँझोपन बढ्दो छ भनिन्छ । यसरी बाँझोपन बढ्नुको कारण के हुन सक्छ ?
बाँझापन बढ्नुको विभिन्न कारणहरु छन् । अहिलेको परिवर्तनसिल वातावरण, जीवनशैलीमा आएको परिवर्तन, आफ्नो क्यारियरलाई ध्यान दिँदा ढिलो विवाह गर्ने चलन बढ्नु, वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नु जस्ता कारणले गर्दा बाँझोपन बढेको जस्तो मलाई लाग्छ । त्यसरी नै बाँझोपन पहिला पनि थियो । पहिला मानिसलाई आईभीएफ भनेको नै थाहा थिएन । बच्चा नभए आइभीएफमार्फत बच्चा जन्माउन सकिन्छ भन्ने ज्ञान थिएन । अर्को कुरा निःसन्तान दम्पतिहरु समाजले के भन्छ भन्ने डरले खुलेर अगाडी आउन चाहदैन थिए । तर अहिले समय परिवर्तन भइसकेको छ । निःसन्तान भएर बस्नुपर्ने अवस्था छैन । बच्चा भएन भने आईभीएफ गर्नुपर्छ भन्ने सबैमा ज्ञान भइसकेको छ । पहिला पनि बाँझोपन थियो तर खुलेर कुरा गरिदैन थियो । अहिले बाँझोपन बस्नुपर्दैन भन्ने ज्ञान भएकाले पनि पछिल्लो समयमा बाँझापन बढी देखिएजस्तो मलाई लाग्छ ।
आइभीएफका समस्या र चुनौतिहरु के कस्ता छन ? यस क्षेत्रमा के कस्तो संभावना रहेको छ ?
समस्या भनौं अथवा चुनौति । अहिले आएर यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । यतिसम्म कि शतप्रतिशत काम नभए पैसा फिर्ता भन्ने पनि सुन्नमा आएको छ । यो कुनै यो साबुन सफल उत्पादन गरेजस्तो होइन । साबुन सरफमा पो प्रोडक्टले काम गरेन भने पैसा फिर्ता भनिन्छ । यो राम्रो होइन । यसले आईभीएफल क्षेत्रलाई नै बद्नाम बनाउँछ । अर्को कुरा युनिटीको आउँछ । हरेक क्षेत्रमा युनिटीको आवश्यकता पर्छ । युनिटी बनाएर अगाडी बढ्यौं भने सबैलाई काम गर्न सहज हुन्छ । हाम्रो आइभीएफ क्षेत्रमा युनिटी नै छैन । धेरै पहिले डाक्टर भोला रिजालको अध्यक्षतामा एउटा संघ बनेको थियो, त्यो पनि निकृय छ । म त के भन्छु भने गुणस्तरमा प्रतिस्पर्धा गरौं । मान्छेको जीवनसँग खेलवाड गर्ने काम गरौं । कुनै पनि कम्पनीले आफ्नो उत्पादनको विज्ञापन गरे जस्तो गरेर हल्कारुपमा बजारमा प्रस्तुत नहेरैं । यो क्षेत्रमा सरकारले एउटा मापदण्ड निर्धारण गरेरको त्यो मापदण्ड भित्र रहेर सबैले काम गरौं । सरकारको नीति नियम पनि पर्याप्त छैन । सरकारले यो क्षेत्रलाई विशेष रुपमा लिएर सहजकर्ताको भूमिका खेल्नुपर्छ । सास्तो लोकप्रियताको पछि कुनै पनि आईभीएफ सेन्टरहरु लाग्नु हुदैन ।