२०८३ भाद्र ३० मंगलबार

ग्रीन डेभलपमेन्ट बैंकको लाभांशसँगै शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित

ई आर्थिक    बिहिबार, चैत्र २९ २०८०
4.7K
Shares
ग्रीन डेभलपमेन्ट बैंकको लाभांशसँगै शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित

ई–आर्थिक, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको दुई आर्थिक वर्षको साधारण सभा मंगलवार सम्पन्न भएको छ । मंगलवार सम्पन्न बैंकको दशौं र एघारौं वार्षिक साधारण सभाले बैंकको ३ दशमलव ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पनि पारित गरेको छ । संयुक्त साधारण सभाबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्, जसमा गणेश कुमार श्रेष्ठ, कृष्ण शंकर श्रेष्ठ र मनोविज्ञान श्रेष्ठ छन् । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij