२०८३ साउन १० आइतबार

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक–२०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ई आर्थिक    सोमबार, चैत्र १२ २०८०
12.2K
Shares
महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक–२०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।

ग्लोबल मनी विक–२०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ वित्तीय साक्षरता, प्रभातफेरि लगायतका कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा विद्यार्थी, स्थानीय युवा, किसान, लघु, साना तथा मझौला उद्यमी, विप्रेषण प्रापक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij