२०८३ साउन ९ शनिबार

एकीकृत जनभावना सहकारीको दुईवटा कार्यालयबाट करिब १३ लाख चोरी

ई आर्थिक    बुधबार, फाल्गुन १६ २०८०
4.1K
Shares
एकीकृत जनभावना सहकारीको दुईवटा कार्यालयबाट करिब १३ लाख चोरी

मोरङ । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ ।
लेटाङ नगरपालिका-२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ-२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो ।

मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए ।
मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको उनले बताए ।

सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij