२०८३ साउन १६ शनिबार

‘महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ बाट साहित्यकार भट्टराई सम्मानित

ई आर्थिक    सोमबार, साउन ८ २०८०
8.7K
Shares
‘महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ बाट साहित्यकार भट्टराई सम्मानित

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ बाट प्रा.डा. गोविन्दराज भट्टराईलाई सम्मान गरेको छ ।

बैंकका बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले रू. ५१ हजार राशीको उक्त पुरस्कार प्रा.डा. भट्टराईलाई हस्तान्तरण गरेका थिए । साहित्यकार भट्टराईले विभिन्न विधामा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको बताइएको छ । सम्मानित साहित्यकार भट्टराईले बैंकले साहित्यिक पुरस्कार स्थापना गरेकोमा खुशी व्यक्त गर्दै जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्नुपर्ने विचार राखे ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहेको भन्दै बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij