२०८३ साउन १६ शनिबार

महालक्ष्मी विकास बैंकद्वारा स्कूललाई ब्याग वितरण

ई आर्थिक    शुक्रबार, बैशाख १५ २०८०
3.7K
Shares
महालक्ष्मी विकास बैंकद्वारा स्कूललाई ब्याग वितरण

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई बुधवार स्कूल ब्याग उपलब्ध गराएको छ ।

बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट बाहिर रहेका करीब दुई लाख बालबालिकालाई ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको ‘राउन्ड टेबल नेपाल’मार्फत करीब एक हजार विद्यार्थीका लागि झोला सहयोग गरेको हो ।

बालबालिकालाई शिक्षाको अवसरसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीमध्ये ब्यागको सुविधा पुर्‍याउने हेतुले उक्त सहयोग गरेको बैंकले बताएको छ ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, राउन्ड टेबल नेपालका पदाधिकारी, बैंकका बजार निक्षेपीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सी र बागमती प्रदेश ‘क’का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij