२०८३ साउन १६ शनिबार

ज्योति विकास बैंकको स्वास्थ्य सचेतना शिविर

ई आर्थिक    सोमबार, बैशाख ११ २०८०
8.2K
Shares
ज्योति विकास बैंकको स्वास्थ्य सचेतना शिविर

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंह पौवामा ‘निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर’ सम्पन्न गरेको छ । ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत उक्त शिविर आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।

शिविरमार्फत ६५ जना महिलाले लाभ लिएको बताइएको छ ।

पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बैंकले जानकारी दिएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट, लप्सीफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र कीर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।

लप्सीफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर–३ का अध्यक्ष सुर्यबहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारी, कर्मचारी तथा स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij