२०८३ भाद्र ३० मंगलबार

पोखराको रामबजारमा लुम्बिनी विकास बैंकको एटीएम सञ्चालन

ई आर्थिक    मंगलबार, फाल्गुन ३० २०७९
9.7K
Shares
पोखराको रामबजारमा लुम्बिनी विकास बैंकको एटीएम सञ्चालन

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंकले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका–१० स्थित रामबजार शाखामा सोमवारदेखि एटीएम सेवा शुरू गरेको हो ।

यसबाट स्थानीयस्तरमा अझै सहज बैंकिङ सेवा पुर्‍याउन सहयोग पुग्ने बैंकको विश्वास छ । शाखा उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका–१५ का अध्यक्ष तोरणबहादुर बानियाँ, बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिलबहादुर गुरुङ, बैंकका शेयरधनी, स्थानीय व्यवसायी, निक्षेपकर्ता लगायतको उपस्थिति रहेको थियो ।

बैंकले ८९ ओटा शाखा, एकओटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij