२०८३ साउन ९ शनिबार

कामना सेवा विकास बैंकले कष्टमर्स डे को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ई आर्थिक    बुधबार, माघ २५ २०७९
4.3K
Shares
कामना सेवा विकास बैंकले कष्टमर्स डे को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कष्टमर्स डे को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक कष्टमर्स डे को रुपमा समेत मनाउदै आएको छ ।

सोही अवसरमा मिति २०७९ साल माघ महिना २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकमहानुभावहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij