२०८३ साउन ९ शनिबार

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने

ई आर्थिक    मंगलबार, माघ १७ २०७९
6.4K
Shares
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने

ई–आर्थिक, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त शेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरण तोकेको न्यूनतम चुक्ता पुँजी हो ।

उक्त बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij