२०८३ भाद्र ३१ बुधबार

गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न

ई आर्थिक    शनिबार, पौस २३ २०७९
7.8K
Shares
गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । सभामा बंैकका अध्यक्ष श्याम प्रसाद बस्याल प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रू. ४,५९,०८,७३,५०१/–८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५.२५ (अक्षरेपी उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि) रू. ६,८८,६३,१०२.५३ (अक्षरेपी छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न मात्र) गरी जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६,५६,७६,६५७.७८ (अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांस प्रस्ताव पारित भएको छ ।

यस पश्चात, यस विकास बैंकको चुक्ता पुँजी रु. ५,१८,७६,८७,०५७.१४ (अक्षरेपी पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैया पैसा चौध मात्र) पुग्ने छ ।

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij