२०८३ साउन ९ शनिबार

गरिमा विकास बैंकको ‘फोरेन एम्प्लायमेन्ट आईपीओ एकाउन्ट’ संचालनमा

ई आर्थिक    मंगलबार, पौस ५ २०७९
8.9K
Shares
गरिमा विकास बैंकको ‘फोरेन एम्प्लायमेन्ट आईपीओ एकाउन्ट’ संचालनमा

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुलाई बैकिङ एवं शेयर मार्केट सम्म पहुँच पुर्‍याउने उद्देश्यले ‘फोरेन एम्प्लायमेन्ट आईपीओ एकाउन्ट’ को सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १० प्रतिशत शेयर वैदेशिक रोजगारमा रहनुहुने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिनका लागि यस विकास बैंकले विशेषतः यो खाता संचालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहनुुहुने नेपालीहरुले सजिलै यस विकास बैंकको आधिकारीक वेबसाईटमा उपलब्ध अनलाईन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो शेयरको सुविधा प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको छ ।

गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै : डिजी बटुवा, डेविट/क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij