ई–आर्थिक, काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीको १४औं वार्षिकोत्सव सम्पन्न भएको छ । १४औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरिएको कम्पनीले बताएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गरेको जानकारी दिएको छ ।
संस्थाले सलम्बुटार साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज–नेपालमा आश्रित गरीब तथा निमुखा, घरबारविहीन र सुस्तमनस्थिति भएका बालबालिका तथा मानवसेवा आश्रम रानीवनमा रहेका आश्रित बालबालिका र वृद्धहरूलाई आवश्यक पर्ने औषधि वितरण गरेको छ ।
कम्पनीका कञ्चनपुरलगायतका शाखाहरूले पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै वार्षिकोत्सव सम्पन्न गरेको बताइएको छ ।