२०८३ भाद्र ३० मंगलबार

लुम्बिनी विकास बैंक र एन प्याब्सनबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता

ई आर्थिक    मंगलबार, कार्तिक २२ २०७९
7.4K
Shares
लुम्बिनी विकास बैंक र एन प्याब्सनबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सम्झौता भएको छ । बैंक र विद्यालयबीच सेवा सुविधा आदान प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आवद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई लुम्बिनी विकास बैंकले दुर्घटना बीमाका साथै स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा। नन्दन यादवले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्स्टेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij