२०८३ साउन ९ शनिबार

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने, शेयर संरचना मिलाउने उद्देश्य

ई आर्थिक    बिहिबार, भाद्र १६ २०७९
9.1K
Shares
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने, शेयर संरचना मिलाउने उद्देश्य

ई–आर्थिक, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर संरचना मिलाउन एफपीओ निष्काशन गर्ने भएको छ ।

मिर्मिरेले बुद्ध ज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर संचरना मिलाउनको लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले बुद्ध ज्योती लघुवित्तलाई १ बराबर शून्य दशमलव ७६ को अनुपातमा गाभेको हो ।

स्वाप रेसियो निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापूँजी रू। ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ पुगेको छ । नेपाल राष्ट्र बैंकबाट २०७९ साउन ३० गतेको पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व प्रतिशत ७०ः३० कायम गर्ने प्रयोजनको लागि एफपीओ जारी गर्न लागिएको कम्पनीले बताएको छ ।

त्यसैगरी कम्पनीको अधिकृत पूँजी रू. ६० करोड रहेको छ । शाखा संख्या १५१ पुगेको छ भने लगानीमा रहिरहेको कर्जा रकम रू. ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७०० जना, कुल सदस्य संख्या १ लाख ३२ हजार १ सय ९३ जना र निक्षेप संकलन २ अर्ब ६८ करोड ३ लाख ९ हजार ३२८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij