ई–आर्थिक, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
यो वित्तीय संस्था सिरहाको गोलबजार न.पा. ७ चोहर्वामा रहेको छ ।
कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ । सोही संख्यामा आईपीओ निष्काशन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो ।
यो कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।