२०८३ साउन ९ शनिबार

धौलागिरी लघुवित्तको साधारण सेयर साउन २४ देखि आउने

ई आर्थिक    मंगलबार, साउन १७ २०७९
8.8K
Shares
धौलागिरी लघुवित्तको साधारण सेयर साउन २४ देखि आउने

ई–आर्थिक, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि सार्वजनिक शेयर निष्कासन गर्ने भएको छ । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको उक्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपैँया हुन आउँछ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६,००० ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ ।

आ.ब. २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij