२०८३ असोज २ शुक्रबार

नेशनल माइक्रोफाइनान्सको ७९ हजार ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ला

ई आर्थिक    सोमबार, साउन १६ २०७९
7K
Shares
नेशनल माइक्रोफाइनान्सको ७९ हजार ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ला

ई–आर्थिक, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले आज सोमबारदेखि ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. ७५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

लघुवित्तले विद्ययमान शेयरधनीहरुका लागि यसअघि नै ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij