२०८३ साउन १२ मंगलबार

पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पुरस्कार

ई आर्थिक    बुधबार, असार ८ २०७९
9.9K
Shares
पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पुरस्कार

ई–आर्थिक, पोखरा । पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोखरामा मंगलबार आयोजित समारोहमा सो पुरस्कारबाट सम्मान गरिएको हो ।

स्व. दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् । यसअघि २१ पत्रकारले यो पुरस्कार पाइसकेका छन् ।

३ दशकदेखि पत्रकारिता गर्दै आएकी बस्नेत घटना र विचार साप्ताहिककी सम्पादक एवं संचारिका समूह नेपालकी पूर्व अध्यक्ष हुन् । समारोहमा सञ्चारमन्त्री कार्कीले अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनले नेपाल पञ्चशीलको सिद्धान्त आत्मसात गर्दै अन्य राष्ट्रसँग सम्बन्ध बिस्तार गर्दै अघि बढ्ने बताए ।

समारोहमा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij