ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले सिराहाको लहान र उदयपुरको कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यसाथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैँकले बताएको छ।
लहान नगरपालिका–८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेका हुन् ।
साथै, कटारी नगरपालिका–४ उदयपुरस्थित कटारी शाखाको उद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का र बैंकका सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायी सहभागी थिए ।