ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा–सुविधामा बैंकका ग्राहकलाई १५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गरेका हुन्।
बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवामा थप छुट दिन सो सम्झौता गरेको हो।
सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकले भिसा–डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड वेभरेजर रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।