डा. युवराज संग्राैला
देशको बिकास सजिलो हुँदैन । तर हामीले थुप्रै देशको अनुभवबाट शिक्न पाउने अवसर छ । तर एउटा अकाट्य यथार्थ स्थापित छ, त्यो हो रास्ट्रको प्रतिगामी स्थाइत्व लाई समाप्त गरेर आर्थिक र सामाजिक बिकासलाई अगाडि बढाउन, देशका समस्त युवाहरूको रचनात्मक सहभागिता आवास्यक हुन्छ । नेपालमा जस्ता सुकै राजनीति दल सत्ता पुगेपनी बर्तमान युवाहरुको सोच र प्रवृत्तिलाई बदल्न सकिएन भने, नेपालमा आर्थिक समृद्धि र प्रगतिशिल सामाजिक रुपान्तरणको योजना लागुहुन सक्दैन ।
१. नेपालमा तीन तरीकाले युवा उत्पादन शक्तिको क्षय भैरहेको छ । ५० प्रतिशत महिलाहरुलाई उत्पादनका औपचारिक क्षेत्रबाट बिस्थापित गरिएको छ। बांकी रहेको ५० पुरुष युवाशक्ती उत्पादनका क्षेत्रबाट बाहिर छ । यो डरलाग्दो यथार्थता हो। यदि यस्का विरुद्ध तत्काल चेतना निर्माण नगर्ने हो भने, जतिसुकै राम्रो राजनीति स्थिरता भएपनि देशको स्वतन्त्रता बिसर्जनको बाटोमा जानेछ ।
२. देशको युवाशक्तिको ठूलो हिस्सा राजनीतिमा छ र त्यो हिस्सा बिरोध, हिंश्रक गतिविधिमा संलग्न छ । नेताको पक्षमा मोटर साइकल जूलूस, पार्टीको प्रचारमा आडम्बरी प्रचार प्रसार, कहिले के फोर्श र कहिले के फोर्शका नाममा युवा भनेको लठैत हो भन्ने अर्थ लाग्ने काममा प्रयोग हुदै आएको छ । अर्को ठूलो हिस्सा बिदेशमा कामगर्छ । उसलाई सरकारले नै संझौता गरेर बेचेको छ। नेपालको करेन्सी कतै बिक्दैन, तर नेपाली शरीर जताततै बिक्छ । अर्कोतिर हिस्सा नेपाली सेना, प्रहरी, र विभिन्न क्षेत्रमा छ, जस्को प्रयोग उत्पादनसिल हुन सकेको छै। जब समस्त युवा उत्पादनको क्षेत्रबाट बाहिर देश कसरी बिकास हुन्छ । युवा शक्तिको राजनीति दुरुपयोग नेपालको आर्थिक बिकासमा एउटा गम्भीर समस्या हो। रास्ट्र्को हित राजनीति दलहरूको सरोकार बन्न नसकेको हुँदा यो अवस्था निर्माण भएको हो ।
३. सन १९३० को मन्दीपछी, अमेरिकी अर्थशास्त्रीले कृषी र उद्धोगमा आम युवा परीचालनको योजना अगाडी ल्याए । लाखौं युवाहरू उत्पादनमा खटीए र मन्दीको समस्यालाई संभोधन गरे । जब क्यास्ट्रोले क्युवा मुक्त गरे, अमेरिकी कम्पनीहरुले उत्पादन बन्द गरे, उल्टै क्युवाको समुल अर्थतन्त्रको स्याबोटेज गर्ने षड्यन्त्र गरे । क्युवाले लाखौं युवा स्वयंसेवकहरु परीचालन गरि दसौं गुणा बढी उखु र चिनी उत्पादनको अभियान चलायो, पार्टीका नेता समेत यस्मा खटिए। शोभियत युनियन सङ्ग चिनी दिएर पेट्रोलियम सट्टा गर्ने सन्धि भयो । कृषीको यश अभियानले क्युवालाइ अगाडि बढ्ने आधार तयार भयो ।
४. सन १९४९ मा नयाँ चीन स्थापित भएपछि, लाखौं युवाहरूलाई स्वयंसेवक भै उत्पादनमा सरीक हुन र रास्ट्र्को निर्माणमा योगदान गर्न आव्हान गरियो । दसौं लाख युवाहरूले कृषिमा किसानहरुलाई सहयोग गरे । सन १९५० मा चिनमा कृषि उत्पादन ४९% का दरले बड्यो र १९५३ सम्ममा सम्पुर्ण जनतालाई पुग्ने गरि उत्पादन भयो । १९५० मा ८४०० देहब्यापार केन्द्रहरु बन्द गरि करीब २ लाख युवतीहरुलाई उद्योग मज्दुरमा सरिक गराइयो । लाखौं युवाहरूले १९५०मा चीनलाई सफापार्ने अभियान चलाए र सबै कुडाकरकट गार्बेज सफा पारे ।
के देशका युवालाइ परीचालित नगरी देशको आर्थिक बिकास गर्न संभब छ ?
तेसैले,
क. युवा साथीहरू, बिश्वबिद्धालयमा पड्ने सबै बिद्यार्थीलाई एक बर्से रास्ट्रीय उत्पादन प्रबर्द्धन अभियानमा सरीक गराइ बांझा जमिनमा खेती गरौँ। यो माग राखेर सरकारलाई सोच्न बाध्य गरौं ।
ख. आर्मीले सातै प्रदेशमा एकीकृत कृषी फार्म संचालन गर्ने र प्रयोगशाला शहितको उत्पादन र प्रशोधन केन्द्रको स्थापना र सचालनका लागि दवाव निर्माण गरौं ।
३. चिया बिकास निगमलाई लिलामबाट फीर्ता गरी बिदेशबाट फर्कीएका युवाहरूलाईलाई सन्चालनको जिम्मा दिने ब्यबस्थाका लागी आवाज उठाऔ ।
४. स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान शुरु गरौं ।
देश नागरिकले बनाउने हो । यिनै अभियानले राजनीतिका माफीयालाइ समाप्त गर्नेछ। भ्रम र आग्रह बाट बाहीर आऔं र लठैतको होइन सम्मानित नागरिकको भुमिका गरौं।
(संग्रौला बरिष्ठ अधिबक्ता हुनुहुन्छ ।)