२०८३ साउन ९ शनिबार

उच्च प्रतिफलयुक्त सानिमा जेनेरल इन्स्योरेन्सको साधारण सेयरको आजदेखि विक्री खुल्ला

ई आर्थिक    बुधबार, असोज २१ २०७७
8.5K
Shares
उच्च प्रतिफलयुक्त सानिमा जेनेरल इन्स्योरेन्सको साधारण सेयरको आजदेखि विक्री खुल्ला

ई–आर्थिक, काठमाडौं । उच्च प्रतिफलयुक्त सानिमा जेनेरल इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि निष्कासन हुने भएको छ । कम्पनीको जारी पुँजी एक अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपियाँ बराबरको तीन लाख कित्ता सेयर निष्काशन भएको हो ।

निष्कासन हुने सेयरमध्ये एक लाख २० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि, एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि हुने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी आव २०७४/७५ मा ५.५९ प्रतिशत, २०७५/७६ मा ०.७४ प्रतिशत रहेको थियो । गत आवको अपरिष्कृत विवरण अनुसार २।६६ प्रतिशत रहेको छ भने चालू आवका लागि ४।९४ प्रतिशत प्रक्षेपण गरिएको छ ।

क्रेडिट रेटिङमा यो संस्थाले केयर एनपी बीबी प्लस (आईएस) प्रमाणपत्र प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ । सेयर आवेदन भर्ने अन्तिम मिति यही असाज २५ गतेसम्म रहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij