ई–आर्थिक, काठमाडौंं । नेपाल रेल्वे कम्पनीले पहिलोपटक ठूलो संख्यामा रोजगारी खुलाएको छ । कम्पनीले विभिन्न पदको लागि १ सय २९ कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरुलाई दरखास्त दिन आह्वान समेत गरेको छ ।
करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीले दस्तुर जम्मा गरेको बैंक भौचरसहित अनलाइन दरखास्त दिन सकिने समेत जानकारी दिएको छ ।