२०८३ भाद्र ३० मंगलबार

कोरियन भाषा परीक्षा पास भई छनौट भएका लकडाउनमै कोरिया उड्न पाउने

ई आर्थिक    सोमबार, बैशाख १५ २०७७
8.3K
Shares
कोरियन भाषा परीक्षा पास भई छनौट भएका लकडाउनमै कोरिया उड्न पाउने

ई–आर्थिक, काठमाडौं : तपाई कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएर बस्नु भएको छ भने लकडाउनको समयमै पनि कोरिया जान पाउनुहुने भएको छ । मन्त्रीपरिषद्को बैठकले श्रमिकलाई लकडाउनकै अवधिमा कोरिया जान दिने भएको निर्णय गरेसँगै श्रमिकहरुलाई यो अवसर प्रदान गरेको हो ।

बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरिसकेको छ । त्यस्तै जेष्ठ २ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय पनि भइसकेको छ । तर दुबै देशको सल्लाहमा बमोजिम ईपीएस छनौट भएका श्रमिक युवाहरु कोरिया चाहे उनीहरु जान सक्नेभएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij