२०८३ साउन ११ सोमबार

७५३ जना रोजगार संयोजकको जागिर एक वर्ष थपियो

ई आर्थिक    बुधबार, फाल्गुन २८ २०७६
7.1K
Shares
७५३ जना रोजगार संयोजकको जागिर एक वर्ष थपियो

ई–आर्थिक, काठमाडौं । गएको फागुन २५ बाट सकिएको रोजगार संयोजकको करार अबधि थप गरिएको छ । स्थानीय तहको रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकको करार अवधि एक बर्षको थियो । अधिकाँश रोजगार संयोजकहरु सत्तासिन पार्टीका कार्यकर्ता भएकाले अबधि थप गरिएको बताइएको छ । एक बर्षअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरुलाई करारमा नियुक्त गरेको थियो ।

अब रोजगार अवधी थप स्थानीय तहबाटै गर्न सकिने ब्यबस्था पनि मिलाइएको छ । सोही अनुसार अब सम्बन्धित स्थानीय तहले आफ्नो तहमा कार्यरत रोजगार संयोजकको करार अवधि थप गर्न सक्नेछन् । रोजगार संयोजक एक जनाको दरले सबै ७५३ स्थानीय तहमा नै कार्यरत छन् । रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ निर्माण गरेर उनीहरुलाई नियुक्ति गरिएको थियो । यही ब्यबस्था अनुसार नै अब उनीहरु स्थानीय तहबाटै नियुक्त भएको मानिन्छ । यद्यपी चालु आवको बाँकी अवधि र आगामी आवको सेवा, सुविधा भने मन्त्रालयबाटै व्यवस्था हुने भएको छ ।

रोजगार संयोजक एक वर्षका लागि नियुक्त गर्न सकिन्छ । तर स्थानीय तहले सूचिकृत अस्थायी दरवन्दीमा आर्थिक वर्ष ननाघ्ने गरी एक पटकमा बढीमा एक वर्षका लागि पुनः करारमा सम्झौता गरेर काममा लगाउन सकिने व्यवस्था छ । सोहीअनुसार स्थानीय तहमा पाँचौ र छैठौं तह सरहका ७५३ जना रोजगार संयोजक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij