ई–आर्थिक, काठमाडौं । विश्वमा फैलिरहेको कोरोना भाइरसको समस्या पछि नेपाली कामदार पठाउने बैदेशिक रोजगार व्यवसायीले आफ्नो धारणा र माग अघि सारेका छन् । सरकारले कोरानो प्रभावित मुलुकका लागि श्रम स्वीकृति दिने काम स्थगित गर्ने तयारी गरिरहेका बेला बैदेशिक रोजगार व्यावसायी संघले आफ्नो धारणा सार्वजानिक गरेका हुन । व्यवसायीले रोजगारदाता मुलुकले कामदार लिन नरोकेसम्म नेपालले कामदार पठाउनु पर्ने माग गरेको छ ।
संघले कुनैपनि रोजगारदाता मुलुकले नेपाललाई कोरोनाको उच्च जोखिम रहेको भनेर भिसा दिन बन्द नगरेसम्म ती मुलुकमा कामदार पाठाउनु पर्ने जनाएको हो । वैदेशिक रोजगार व्यावसायी संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रोजगारादाता मुलुकले नेपाल सरकारलाई आधिकारिक जानकारी गराए मात्रै नेपालले वैदेशिक रोजगारीमा नेपाली कामदारलाई पठाउन रोक्नुपर्ने माग गरेको हो ।
कोरना भाइरसको कारणले उतपन्न परिस्थितिका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै वैदेशिक रोजगार व्यवसायी संघले संभावित अध्ययन नगरी कामदार पठाउन रोके यसले नकारात्मक असर पार्ने संघका अध्यक्ष विष्णु गैरेले बताए ।
उनले सरकारले निजी क्षेत्रसँगको समन्वय गरी एउटै निर्णय गर्नुपर्ने पनि बताए । यद्यपी सरकारले गरेको निर्णयलाई आफूहरुले स्वीकार गर्ने र कोरोना प्रकोप रोक्न सरकारी प्रयासमा वैदेशिक रोजगार व्यावसायी संघको साथ रहने उनले जनाए ।