१० जनाले हाले आवेदन
ई–आर्थिक, काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) को रिक्त महाप्रबन्धक पदका लागि १० जना दाबेदार देखिएका छन् । सबैले आफू सक्षम रहेको भन्दै संस्थानको उक्त पदमा १० जनाले आवेदन दिएका छन् ।
२ बर्षदेखि रिक्त महाप्रबन्धक पदमा आवेदन दिनेमा लोकबहादुर खड्का, शितलकाजी श्रेष्ठ, अनिलकुमार झा, रंगराज काफ्ले, विनय प्रवीण, बैकुण्ठ अधिकारी, केदार दाहाल, बाबुकाजी पन्त, रुद्र पौडेल र वेदबहादुर क्षेत्रीको आवेदन परेको दुग्ध विकास संस्थानले जानकारी दिएको छ ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय माताहतको संस्थानको उक्त महाप्रबन्धक पदमा सम्बन्धित मन्त्रालयमा सहससचिव देखि बिगतमा राजनैतिक नियुक्ति लिएर बदनाम भइसकेका समेतले आवदेश दिएका छन् ।
संस्थान सुधारको योजना पेश गर्ने १० जना मध्ये अर्थशास्त्रमा एम.ए. गरेका लोकबहादुर खड्का सरकार नियन्त्रित अर्थतन्त्र सम्बन्धि स्पष्ट दृष्टिकोण भएका बिज्ञको रुपमा बामपन्थी सर्कलमा परिचित छन ।
लामो समय दुग्ध उत्पादक किसानहरुको केन्द्रीय संघमा कार्यकारी तहमा काम गरिसकेका खड्का हाल स्वरोजगार कोषमा उप सचिवस्तरमा कार्यरत छन् । बित्तीय क्षेत्रमा समेत राम्रो दखल भएका खड्का परियोजनाको कुशल वित्तीय बिश्लेषक पनि मानिन्छन् ।
प्रतिस्पर्धामा रहेका १० जना मध्ये खड्का कडा प्रतिस्पर्धीको रुपमा रहने संभावना देखिएको मन्त्रालय स्रोतले बताएको छ ।
नेपाल आयल निगमको महाप्रबन्धकको प्रतिस्पर्धामा आफ्नो योग्यता सावित गरिसकेका खड्कालाई आर्थिक प्रतिस्पर्धामा तत्कालिन गोपाल खड्काले पछि पारेको कुरा आयल निगमका कर्मचारीहरु बिच बेला बेलामा चर्चाको बिषय बन्ने गरेकोे छ ।
खडकाको कमजोरी भनेको महाप्रबन्धक जस्तो पद पनि निःशुल्क प्राप्त गर्न खोज्नु भएको पनि निगमका उच्च कर्मचारीले कुरा उठाउने गर्दछन् । आर्थिक प्रतिस्पर्धा गर्नु नपरेको अवस्थामा कच्चा दूध उत्पादक किसानको बिचमा काम गरिसकेको खड्का सैदान्तिक हिसावले पनि नेपाली किसानको स्तरोन्नती नभई नेपाली अर्थतन्त्र उभो नलाग्ने स्पष्ट दृष्टिकोण भएका कृषिमन्त्रीको रोजाईमा खड्का पर्न संभावना रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
शितलकाजी नेपाल भेटेनरी एशोसिएसनका अध्यक्ष हुन् । उनले भेटेनरी जनस्वास्थ्यमा स्नातकोत्तर गरेका छन् । उनी हाल संस्थानकै संचालक समेत रहेका छन् ।
त्यसैगरी आवदेक बैकुण्ठ अधिकारी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव हुन् । त्यस्तै अर्का आवदेक रुद्र पौड्याल कृषि मन्त्रालयकै सहसचिव हुन् । केही महिनाभित्रै रिटायर्ड हुँदै गरेका पौड्याल रिटायर्ड पछि संस्थानमा महाप्रबन्धक पदमा रहेर काम गर्ने इच्छा राखेको बुझिन्छ ।
महाप्रबन्धकका अर्का आकांक्षी बाबुकाजी पन्त राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक हुन् । पन्तलाई भने मन्त्रालयले दरखास्त दिन सहमति नदिएको मन्त्रालय स्रोतले उल्लेख गरको छ ।
महाप्रबन्धकमा आवेदन दिएका मध्ये केदार दाहाल फरक क्षेत्रबाट आएका हुन । दाहाल पेशाले कानुन व्यवसायी हुन् ।
त्यसैगरी अनिलकुमार झा जनक शिक्षा र उदयपुर सिमेन्टको महाप्रबन्धक भइसकेका व्यक्ति हुन् ।
मन्त्रालय स्रोतका अनुसार महाप्रबन्धकमा यिनै मूख्य प्रतिस्पर्धी मानिएका छन् । सर्ट लिष्टको तीनमा समेत यिनै मध्येबाट पर्ने संभावना रहेको समेत सो स्रोतले उल्लेख गरेकोे छ ।