२०८३ साउन १० आइतबार

ठूलो संख्यामा जागिर खुल्यो, लोकसेवाद्वारा १०९६ जनाको दरखास्त आव्हान

ई आर्थिक    बुधबार, मंसिर २५ २०७६
6.5K
Shares
ठूलो संख्यामा जागिर खुल्यो, लोकसेवाद्वारा १०९६ जनाको दरखास्त आव्हान

ई–आर्थिक, काठमाडौँ । लोक सेवा आयोगले ठूलो संख्यामा जागिर खुलाएको छ । आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) क्षेत्रका विभिन्न पदमा खुल्लातर्फ ७ सय ६८ तथा बढुवातर्फ ३ सय २८ गरी एक हजार ९६ जना शाखा अधिकृतका लागि दरखास्त आह्वात गरको हो ।

सामान्य प्रशासनतर्फ सबैभन्दा बढी ५६० तथा लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदका लागि दरखास्त आह्वान भएको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले लोक सेवा आयोगको वेब साईड http://www.psc.gov.np/ गई फारम डाउनलोड गरी पुस २९ गते भित्रमा दरखास्त दिन सक्ने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij