ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठलाई नियुक्त गरिएको छ । संचालक समितिको ३१६ औं बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । करिव २० वर्ष देखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्रलाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरिसकेका छन् । शाखा संचालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।
बैंकको देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जानकारी दिएको छ ।