२०८३ साउन ९ शनिबार

एभरेष्ट बैंकले मनायो रजत जयन्ती

ई आर्थिक    शुक्रबार, कार्तिक १ २०७६
8.8K
Shares
एभरेष्ट बैंकले मनायो रजत जयन्ती

ई–आर्थिक, काठमाडौं : एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा १८ अक्टुबर, २०१९ मा लाजिम्पाट स्थित आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।

बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

१ हजारभन्दा बढि मानिसहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए ।

सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पु¥याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकोत्सव मनाइएको छ ।

हालै बैंकले आफ्नो फराकिलो आन्तरिक सञ्जालमा रहेका ९४ शाखा कार्यलयहरु, ३० राजस्व संकलन केन्द्र, १२२ एटिएम तथा विश्वभरका करेश्पोन्डेटमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । बैंकलाई २०१९ मा न्यू बिजनेश एजद्वारा ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक–२०१९’ को उपाधी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij