२०८३ साउन ९ शनिबार

लाखौँ ठगी गरेको अभियोगमा परोपकार सहकारी अध्यक्ष प्याकुरेल पक्राउ

ई आर्थिक    बुधबार, जेष्ठ ९ २०७५
7.5K
Shares
लाखौँ ठगी गरेको अभियोगमा परोपकार सहकारी अध्यक्ष प्याकुरेल पक्राउ

नुवाकोट, ९ जेठ : बचतकर्ताबाट सङ्कलित लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ ।

नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरी कारवाहीका लागि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरुले जम्मा गरेको रु पाँच लाखभन्दा बढी फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करीब दश रोपनी जग्गा सहकारी बैंकमार्फत रु १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पु¥याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा प्याकुरेललाई ठगी मुद्दामा कारवाही थालिएको हो ।

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करीब रु ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको अभियोग देखिएको छ,” प्रहरी निरीक्षक शाहले भन्नुभयो, “सहकारीका अध्यक्ष कारवाहीको दायरामा तानिएपछि थप अरूको पनि मिलेमतो पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको छ ।”

सहकारीका अध्यक्ष पक्राउ परेपछि बचतकर्ता र शेयर लगानीकर्ताले प्रहरीसमक्ष मौखिक र लिखित उजुरी दिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij