२०८३ साउन ९ शनिबार

शिखर र सहारा नेपाललाई सहकारी बैंकको सम्मान

ई आर्थिक    बुधबार, बैशाख १९ २०७५
6.9K
Shares
शिखर र सहारा नेपाललाई सहकारी बैंकको सम्मान

बिर्तामोड, वैशाख । राष्ट्रिय सहकारी बैंकले पूर्वका दुई सहकारीलाई सम्मान गरेको हो । शाखाभित्र रहेर उत्कृष्ट कारोबार गर्न सफल भएको भन्दै बैंकले सहारा नेपाल साकोस चारपानेलाई सम्मान गरेको हो । त्यसैगरी नियमित कारोबार गर्ने सहकारीमध्येबाट शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडलाई सम्मान गरेको छ ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र बिर्तामोड शाखाका प्रमुख सविना बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले बैंकको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । बैंकका बारेमा सहायक प्रवन्धक मोहन कार्कीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र बिर्तामोड शाखाका प्रमुख सविना बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले बैंकको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । बैंकका बारेमा सहायक प्रवन्धक मोहन कार्कीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा झापाको माइखोला पूर्वमा क्रियाशिल १ सय २० भन्दा बढी सहकारी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सहकारी क्षेत्र बचत र ऋणमा सीमित हुँदा अन्य व्यावसायिक क्षेत्रमा लगानीको आधार कमजोर भएको बताउनुभयो । सहकारीलाई उत्पादन र उद्यमसँग जोड्न आवश्यक रहेको उहाँको भनाई थियो ।

राष्ट्रिय सहकारी बैंक शाखा बिर्तामोडले आयोजना गरेको बैंक र सहकारी संघसंस्थाको अन्तरसम्बन्ध विषयक कार्यक्रममा बोल्दै आङबोले लामो समयपछि राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक समृृद्धिको बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभयो । आङबोले सहकारी साझा व्यावसाय भएको धारणा राख्नुभएको थियो ।

मन्त्री आङबोले प्रदेश सरकारले सहकारी ऐन निर्माण गर्दा सहकारी क्षेत्रबाट आवश्यक सल्लाह र सुझाव लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारी क्षेत्रले युवा पिँढीलाई रोजगार दिन सफल भएको जोड दिँदै यसलाई थप फराकिलो बनाउनु पर्ने विचार उहाँले व्यक्त गर्नुभयो । सहकारी क्षेत्रले बेरोजगारी र गरिबी हल गर्न महत्वपूर्ण भूमिका खेलेको दृष्टान्त सुनाउँदै मन्त्री आङबोले सहकारीको मजबुतीकरण आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आर्चाय, जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्रकुमार गिरी, संघका पूर्वअध्यक्ष हरिचरण बानियाँलगायतले बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij