२०८३ साउन ९ शनिबार

ललितपुर वचत संघको पल्र्स तालिम सम्पन्न, २३ जना प्रशिक्षार्थी सहभागी

ई आर्थिक    मंगलबार, कार्तिक २८ २०७४
9.8K
Shares
ललितपुर वचत संघको पल्र्स तालिम सम्पन्न, २३ जना प्रशिक्षार्थी सहभागी

कार्तिक २७, २०७४, काठमाडौं । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा ४ पल्र्स तालिम सम्पन्न भएको छ । तालिममा ललितपुरका विभिन्न विषयगत सहकारी संस्थाहरुबाट २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

सहकारीको लेखा ब्यवस्थानका लगि आवश्यक पल्र्सका विभिन्न इन्डिकेटरहरुको अभ्यास गरि त्यसको आधारमा संस्थाहरुले संस्थाको व्यवसायिक योजना तथा पोलिसि निर्माण गर्ने आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको थियो ।

त्यस्तै तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामशरण घिमिरेले सहकारी संस्थाहरुमा पल्सलाई अनिवार्य लागु गरि सही तरिकाबाट लेखा राखी पल्र्सलाई संस्थागत विकासको अधारभुत कुराहरुको रुपमा लिई यसलाई सही रुपमा कार्यान्वयन गर्न सबै सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पल्र्सको महत्वलाई सबैले अंगीकार गर्दै अन्र्तराष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न सबैलाई आग्रह गर्नुभयो

तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थाले पल्स अनुसार हिसाब किताबहरु सही ढंगबाट राख्न सकिने र संस्थाको व्यावसायिक योजना तथा संस्थाको लागि आवश्यक विभिन्न पोलिसि निमार्ण गर्नको लागि सहयोगी हुने अपेक्षा गरेका थिए । वचत ऋण सहकारीका संस्थाहरुलाई लक्षित गरी यो तालिम आयोजना गरिएको थियो ।

उक्त तालिमलाई प्रशिक्षक कुबेर निरौला र कुमार खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिम कार्यक्रम २०७४ कार्तिक २३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij