२०८३ साउन ९ शनिबार

नेफ्स्कूनले ७५० सहकारीकाबीचमा फोर्स मर्जर चलाउने, फोर्स मर्जरमा जान नचाहने संस्था अलग हुनसक्ने

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
8.1K
Shares
नेफ्स्कूनले ७५० सहकारीकाबीचमा फोर्स मर्जर चलाउने, फोर्स मर्जरमा जान नचाहने संस्था अलग हुनसक्ने

१६ असार, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष डिबी बस्नेतले आवद्ध संस्थाहरुले नेफ्स्कूनको नीति, विधि र प्रविधिमा बसेर वित्तीय कारोबार गर्नुपर्ने बताउनुभएको छ ।

नेफ्स्कूनको आयोजना तथा पाँचतारा साकोसको व्यवस्थापकीय सहयोगमा भएको साकोस एकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौंका सहकारीमा फोर्स मर्ज आवश्यक भएको बताउनुभयो ।

कतिपय संस्था राजनीति, कर्मचारी र सञ्चालकको दवावले एकीकरणमा जान नचाहेको उहाँको भनाई थियो । एकीकरणबाट पूँजी निर्माण हुने भएकाले कसैलाई घाटा नहुनेमा उहाँले प्रष्ट पार्नुभयो । नेफ्स्कूनले काठमाडौंमा ७ सय ५० सहकारीकाबीचमा फोर्स मर्जर चलाउने र नचाहने संस्थाहरु नेफ्स्कूनबाट अलग हुनसक्ने उहाँको भनाई थियो ।

19648036_840138936138829_1787001905_o

नेफ्स्कूनले सदस्य संस्थाबाट अरु केहीमागेको नभई सिस्टममा मात्रबसाउनखोजेकाले सिस्टममा बस्न नचाहनेले नेफ्स्कूनको सदस्यबन्नुको कुनै औचित्य नरहेको समेत उहाँले प्रष्ट पार्नुभयो । एकिकरणलाई विशेष जोड दिँदै उनले पुरानो सिनामंगलआसपासका संस्थाहरुलाई एकिकरणमा जान उहाँले सुझाव दिनुभयो  ।

नेफ्स्कूनका सञ्चालक उद्धव सापकोटाले संस्थाको दीगो विकास र सदस्य सुरक्षाकालागि साकोस एकीकरण जरुरी भएको भन्दै साकोस संस्थाले एकीकरण पश्चातआउनसक्ने चुनौती र अवसरहरुको बारेमाजानकारी राख्नुपर्ने बताउनुभयो। जिल्ला सहकारी संघ क्षेत्र नं २ का संयोजक नेत्रप्रसादधितालले राज्यको ऐनकानुलाई पछ्याएर समाजको विकासकालागि सहकारी खुलेको भन्दै एउटै व्यक्ति धेरैसहकारीको सदस्य रहेकाले सहकारीबीचको प्रतिस्पर्धा न्यूनिकरण गर्न एवं गुणस्तरीय सेवादिनएकिकरण आवश्यक रहेको औंल्याउनुभयो ।

19619307_840138982805491_1320626706_o

पाँचतारा साकोसकाअध्यक्षभोलानाथ पाठकले एउटै व्यक्ति धेरै संस्थामा सदस्यबन्नुभन्दा एउटै संस्थाबाट सबै प्रकारका सेवाप्राप्तगर्न सकून् भन्ने हेतुले यस क्षेत्रका सहकारी बीचएकिकरणको पहलथालेको बताउनुभयो । अध्यक्ष पाठकले यस भेगका सहकारीले मुलुकको समृद्धिमा सानै भएपनि योगदानदिएको बताउँदै अभियानलाई सबल बनाउन र मुलुकलाई आर्थिक रुपमाथप टेवा पु¥याउनएकिकरण अपरिहार्य रहेकोमाजोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै नेफ्स्कूनका कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिनाले सहकारीमा सुशासनको स्थिति, रणनीति निर्माण, एकीकरणका फाइदा, एकीकरण किन, सुचना प्रविधिको उपयोग, रणनीतिक योजनालगायतकाविषयमा सहभागीलाई जानकारी दिनुभएको थियो ।

नेफ्स्कूनका सञ्चालक एवं चावहिल फिल्ड व्यवस्थापन उपसमिति संयोजक दिपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा १३ संस्थाबाट ३१ जना सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

sahakari

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij