२०८३ साउन ९ शनिबार

पत्रकार सहारा उपचार कोषलाई शिखर साकोसको सहयोग

ई आर्थिक    शुक्रबार, असार २ २०७४
4.4K
Shares
पत्रकार सहारा उपचार कोषलाई शिखर साकोसको सहयोग

२ असार, सुरुङ्गा(झापा)। नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोडले रु ३१ हजार एक सय सहयोग गरेको छ ।

उक्त सहकारीका अध्यक्ष दीपेन्द्र राउतले महासङ्घ झापा शाखाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सहसचिव केशव भट्टराईलाई सो रकम आज हस्तान्तरण गर्नुभयो ।

पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको उक्त कोषमा रु एक करोड रकम जम्मा गर्ने लक्ष्य रहेको संयोजक गिरीले बताउनुभयो । कोषका लागि विभिन्न दाताबाट सहयोग जुट्ने क्रम जारिरहेको र हालसम्म रु २५ लाख सङ्कलन भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij