२०८३ साउन ९ शनिबार

मधुवन बचत तथा ऋण सहकारीको तस्रो बार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
12.6K
Shares
मधुवन बचत तथा ऋण सहकारीको तस्रो बार्षिक साधारणसभा सम्पन्न

७ जेठ, काठमाडौँ । ललितपुरको धापाखेलमा रहेको मधुवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलाल रहनुभएको थियो । यसै सभाले आगामी तीन बर्षको लागि बद्री भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष रामशरण बस्नेत, डिभिजन सहकारी कार्यालयका चिरिञ्जवी पौडेल लगायतका विशिष्ट अतिथि तथा अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि माधव दुलालले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुहुदै सहकारीमा सदस्यको हक अधिकार, महत्वको वारेमा चर्चा गर्नु भएको थियो । सो वारेमा चर्चा गर्दै उहाँले सहकारी कसका लागि र के का लागि भन्ने बारेमा राम्ररी बुझेरै संस्थामा लाग्न अनुरोध गर्नुभयो । संस्थामा आवद्ध सदस्यहरुले संस्थालाई आफ्नो संस्था सम्झेर कारोबार लगायत कुनै पनि संस्थाबाट प्राप्त हुने सबै किसिमको वित्तीय सेवाहरु र आर्थिक कारोवार पारदर्षी ढंगबाट गर्दै नितिनियमअनुसार काम अघि बढौदै जानुपर्छ भन्ने कुरामा अध्यक्ष दुलालले जोड दिनुभयो ।

madhuban3

 

सहकारीका माध्यमबाट आर्थिक र सामाजिक क्रान्ति गर्न सकिन्छ भन्ने कुरामा दुई मत नभएको बताउनुभयो । तर सहकारीमा संस्थालाई आफ्नो लक्ष्य पुरा गर्न सहकारीमा सदस्यहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताउनुभयो ।

‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने मुल मर्मका साथ स्थापना भएको संस्थामा हाल १९१ सेयर सदस्यहरु रहेका छन् । सभामा संस्थामा रहेका १९१ सेयर सदस्यबाट १५ लाख २ हजार सेयर पूँजी संकलन भएको संस्थाका अध्यक्ष बद्री भण्डारीले जानकारी दिनुभयो ।

साथै संस्थाले आ.ब. २०७२-०७३ मा १ करोड ८६ लाख ५३ हजार २५२ बचत गर्न सफल भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले सोही आ.ब.मा १ करोड ११ लाख ४९ हजार २१ रुपैयाँ कर्जा लगानी गरेको पनि जानकारी गराउनुभयो ।

madhuban2

संस्थाका सचिव विक्रम महर्जनले सभामा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सेयर सदस्यहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सभामा दृष्टिविहिन उत्कृष्ट बचतकर्ता सदस्य सुरेन्द्र कपाली, अपाङ्ग उत्कृष्ट बचतकर्ता सदस्य पवित्रा ज्ञवालीलाई सम्मानपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट बचतकर्ताको रुपमा नरेश मैनाली, कृष्णराज कर्णिकार र इच्छाराज बस्नेतलाई सम्मान प्रदान गरिएको थियो । सभामा संस्थाले संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र सहित सम्मानित गरेको थियो ।

madhuban3

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij