१८ वैशाख, काठमाडौं । सिदार्थ इन्स्योरेन्स कम्पनीले वैशाख २८ गतेदेखि हकप्रद सेयर निस्कासन गर्ने भएको छ। कम्पनीले वैशाख १७ गतेसम्म दोस्रो बजारबाट शेयर खरीद गर्ने र साबिक शेयरधनीलाई पाँच शेयर बराबर २.१ को अनुपातमा शेयर निस्कासन गर्न लागेको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ लाख ६२ हजार एक सय २५ कित्ता हकप्रद निस्कासन गर्ने भएको हो। कम्पनीको हकप्रदमा आउँदो जेठ ३१ गतेसम्म लक्ष्मी क्यापिटल मार्फत आबेदन दिन सकिन्छ।