१४ वैशाख, काठमाडौं । माउण्ट एभरेष्ट (एमइ) ग्रुप प्रालि ” अ सिम्बोल अफ ट्रष्ट” ले शुक्रबार(भोली) आफ्नो ग्रुपको नाम र काम बारे नेपालमा औपचारिक घोषणा उपराष्ट्रपति नन्द बहादुर पुनद्वारा गर्ने भएको छ । कम्पनीले आज राजधानीस्थित ठमेल ईको रिसोर्टमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
माउण्ट एभरेष्ट ग्रुप अन्तर्गत एमई ग्रुपको केन्द्रिय कार्यालय, एमई ट्राभल एण्ड टुर्स र एमई ब्राण्ड गरी तीन वटा प्रोजेक्टको औपचारिक घोषणा गरिने कम्पनीले जनाएको छ । कम्पनिले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । कम्पनीले ट्राभल एण्ड टुर्स, होटेल, रेष्टोरेन्ट, शिक्षा, सुपरमार्केट, कृषिलगायतका क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने बताएको छ ।
नेपालीले नेपालमै भन्ने मुल नाराका साथ स्थापना भएको उक्त कम्पनी बहुराष्ट्रिय कम्पनी हो । होल्डिङ कम्पनीको अवधारणामा आधारित यस् कम्पनीमा बिभिन्न मुलुकमा रहेका गैर आवसीय नेपालीहरुले लगानी गरेका छन् । हाल यसमा बिभिन्न मुलुकका ४१ जना गैर आवसीय नेपाली ब्यवसायीहरु आबद्ध रहेको कम्पनीले जनाएको छ ।
बिभिन्न मुलुकमा रहेका गैर आवसीय नेपालीहरुको तर्फबाट पहिलो पटक नेपालमै केन्द्रिय कार्यालय भएको यो पहिलो कम्पनी हो । हाल सम्म सबै एनआरएनको नेपालमा शाखा कार्यालय मात्र भएको र नेपालको पैसा केन्द्रिय कार्यालयमा पठाउदा बिदेश पुग्ने गरेकोमा एमई ग्रुपको कार्यालय नेपालमै हुनुले विश्वस्नियता कायम गर्ने र नेपालीको पैसा नेपालमै लगानी हुने कम्पनीका सञ्चालक कमलराज अधिकारीले बताउनुभयो ।
उहाँले सन् २०२५ सम्ममा देश-विदेशमा गरी कारीब पाच हजार जना नेपालीहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको समेत बताउनुभयो । “प्राकृतिक, सांस्कृतिक र एतिहासिक सम्पदाको विश्वमा पहिचान गराउदै नेपालमा धेरै भन्दा धेरै लगानी भित्राउनु नै हाम्रो प्राथमिकता हो, उहाँले भन्नुभयो ,” यो २१औ सताव्दी भनेको नेपालकोलागी उधमीहरुको देश हो ।”
नेपालसहित एसिया, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा व्यवसाय विस्तार गरिने पनि अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पुर्व सचिव एवम बरिष्ट पर्यटन व्यवसायी मोहन लम्साल कम्पनीलाई शुभकामना ब्यक्त गर्दै यस्तो किसिमको कम्पनीले पर्यटन प्रबर्धन र बिकासमा थप टेवा पुग्ने बताउनुभयो ।