२२ चैत, काठमाडौं । मंगलवार नेप्से परिसूचक शून्य दशमलव २१ प्रतिशतले झरेको छ । यो दिन ३ दशमलव ५ अङ्कले घटेर १ हजार ६ सय ५७ दशमलव ०२ विन्दुमा पुगेको छ ।
यो दिन १ सय ४४ कम्पनीको छु लाख १७ हजार ८०३ कित्ता शेयर रू.१ अर्ब ६३ करोड १९ लाख ५१ हजार ६९४ मूल्यमा कारोबार भएको छ ।
यो दिन होटेल, फाइनान्स र बिमा कम्पनी बाहेक सबै समुहको परिसुचक झरेको छ । होटेल, फाइनान्स र बिमाको क्रमस: ३.५४, ०.३२ र ०.१३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै जलविद्युत् १.६१, बैंकिङ ०.२७ प्रतिशत, विकास बैंक ०.२ र अन्य समूह ०.८८ प्रतिशतले घटेको छ ।