२०८३ साउन ९ शनिबार

हिमालयन बैंकको लिलाममा राखिएको सेयर बोलकबोलबाट बिक्री, कट अफ मूल्य कति ?

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
7.1K
Shares
हिमालयन बैंकको लिलाममा राखिएको सेयर बोलकबोलबाट बिक्री, कट अफ मूल्य कति ?

१८ चैत, काठमाडौं । हिमालयन बैंक लिमिटेडले एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामी मार्फत बिक्रि गरेको छ । बैंकको चैत १० गतेदेखि १६ गतेसम्म बोलकबोल मार्फत लिलमी गरेको थियो ।

लिलाम बढाबढमा बिक्रिमा रहेको साधारणतर्फको हकप्रदमा प्रति कित्ता ९३१ रुपैयाँ (कट अफ प्राइस) बोलपत्र पेस गर्नेले बैंकको सेयर पाएका छन। बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले दिएको जानकारी अनुसार बैंकको सेयरमा न्यूनतम एक सय रुपैँयादेखि अधिकतम ११७५ रुपैँयासम्मको आवेदन परेको थियो । बैंकको सेयर बोलकबोलमा जम्मा ११५८ जना लगानीकर्ता सहभागि भएका थिए ।

हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म सात बराबर एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेकोमा बिक्री नभएको उक्त परिमाणको सेयर चैत १७ गते ११ बजे जय गणेश कमलादी ब्यांकेट कमलादी काठमाडौंमा खोलिएको हो ।

हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयर विहीबार नेप्सेमा ९८० रुपैँयामा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij