२०८३ कार्तिक १७ सोमबार

एनआइसी एशियाले गर्‍यो ८७ लाख २९ हजार बराबरको हकप्रद शेयर निष्कासन, वैशाख १९ गतेसम्म आवेदन दिन सकिने

ई आर्थिक    बुधबार, चैत्र १६ २०७३
3.7K
Shares
एनआइसी एशियाले गर्‍यो ८७ लाख २९ हजार बराबरको हकप्रद शेयर निष्कासन, वैशाख १९ गतेसम्म आवेदन दिन सकिने

१६ चैत, काठमाडौं । एनआइसी एसिया बैंकले बुधबारदेखि हकप्रद निष्कासन गरेको छ । बैङ्कले १ सय बराबर १५ को अनुपातमा ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्न लागेको हो ।

बैंकले चैत १६ गते देखि आगामी बैशाख १९ गतेसम्म हकप्रद आवेदन दिन सकिने जनाएको छ । चैत ६ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्छन ।

 

बैंकले हकप्रद निस्कासनकालागि सिभिल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत वर्ष पनि २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।

हाल पाँच अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्म ७२ करोड खुद मुनाफा आर्जन गरेको छ । गएको वर्षको मुनाफा बाट २७.३७ प्रतिशत बोनस दिएको कम्पनीले पुन हकप्रद निष्कासन गर्न लागेको हो ।

NIC ASIA Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij