१ चैत, काठमाडौं । जनता बैङ्क नेपाल लिमिटेडको ७ लाख ६७ हजार ५ सय ५२ कित्ता हकप्रद शेयर चैत १ गते आजदेखि विक्री गर्दैछ । जसमा बैङ्कको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १५ गते रहेको छ ।
जनता बैङ्क नेपाल लिमिटेडको हकप्रद शेयरको लागि मङ्सिर १ गतेदेखि पुस ११ गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ ३ लाख ९६ हजार ५ सय २६ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख ७१ हजार २६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । बाँडफाँटमा नपरेका आवेदकहरुको बोलकबोल वापत जम्मा भएको रकम फिर्ता चैत २७ गते गर्ने भएको छ । प्राप्त बोलपत्रहरुको छनोट गरी चैत २२ गते बाँडफाँट गरिनेछ ।
बैङ्कको शेयर खरीदको लागि बोलकबोल गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ १ सय वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । बैङ्कको विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।