५ फागुन, काठमाडौं । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।
बुधवार प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ८ सय २० रुपैयाँ रहेको चाँदी बिहीबार ८ सय २५ कायम भएको छ ।