२०८३ साउन ११ सोमबार

मोरङमा रु पचपन्न लाखको औषधि खरिद

ई आर्थिक    बुधबार, माघ १९ २०७३
5.6K
Shares
मोरङमा रु पचपन्न लाखको औषधि खरिद

१९ माघ, उर्लाबारी (मोरङ)। निःशुुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रु ५५ लाखको औषधि खरिद गरेको छ । आर्थिक वर्ष २०७३-७४ मा तत्कालका लागि रु तीन लाखको र बाँकी औषधि टेन्डरमार्फत खरिद गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएको हो । जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयका निःशुुल्क वितरण गरिने औषधि अभाव हुुन थालेपछि त्यसलाई पूरा गर्न औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ प्रशासकीय अधिकृत चन्द्रदेव मेहताले बताउनुुभयो । औषधि खरिद गरेलगत्तै ६७ वटा स्वास्थ्य केन्द्रमा औषधि पठाएको उहाँको भनाइ छ ।

औषधि पठाएपछि अहिले मोरङमा तोकिएको स्वास्थ्य संस्थामा निःशुुल्क रुपमा बिरामीले औषधि पाइरहेको सो कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij