२०८३ साउन ११ सोमबार

“सहकारी क्षेत्रमा नेशनल डेभलपमेन्टको छुट्टै पहिचान रहेको छ”

ई आर्थिक    बुधबार, माघ १९ २०७३
12K
Shares
“सहकारी क्षेत्रमा नेशनल डेभलपमेन्टको छुट्टै पहिचान रहेको छ”

राजेशहरि जोशी नेपालको सहकारी अभियानमा चर्चित नाम हो । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर कार्य गरिसक्नु भएको उहाँ अहिले पनि सहकारी अभियानका विभिन्न गतिविधिहरुमा उत्तिकै सक्रिय हुनुहुन्छ । विभिन्न दर्जनको हाराहारीमा सामाजिक संस्थामा रहनुभएका जोशी नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाईटी लिमिटेडको कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँले व्यवस्थापकीय नेतृत्व गर्नुभएका संस्थाले २१ बर्ष पुरा गरी २२ औं बर्षमा प्रवेश गरेको छ । साथै संस्थाले आफ्नो १९ औं साधारणसभा सम्पन्न गर्न गइरहेको छ । यसै अवसर पारेर गरिएको कुराकानीमा उहाँले संस्थाको ख्यातीलाई अझ् उचाईमा पु-याउँदै सदस्यहरुलाई प्रतिफलमूखि सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाईटी लिमिटेडको २२ बर्षसम्म आइपुग्दा संस्थाले के कस्तो प्रगति ग-यो ?
मुलुकमा देखिएको विभिन्न उतार चढाबका बीच संस्थाले आफ्नो २२ औं सम्म आईपुग्न सफल भयो । मुलुकमा देखिइरहने उतार चढाबले मुलुकमा आर्थिक क्षेत्रले कहिल्यै शान्तिको सास फेर्न पाएको छैन । त्यही कारणले पनि आर्थिक क्षेत्रले खासै गति लिन सकिरहेको छैन । यस्तो अवस्थामा समेत सदस्यहरुको प्रगाढ माया र ममताको कारण नेशनल डेभलपमेन्ट को–अपरेटिभ आफ्नो उद्देश्य र लक्ष्यमा अगाडि बढिरहेको छ । यस अवस्थासम्म आइपुग्दा संस्थाको २१ बर्षे कार्यकाल उपलब्धिमूलक नै बन्न पुगेको छ । संस्थासँग सरोकार राख्ने व्यक्ती तथा संघ÷संस्था तथा निकायहरुले विगतमा गर्दै आएको सहयोगको अपेक्षा आगामी दिनमा समेत हामीले गरेका छौं ।

संस्था स्थापनाको उद्देश्य तथा लक्ष्यमा कत्तिको सफलता मिलेको छ ?
सदस्यको सामाजिक तथा आर्थिक उन्नती गर्दै देशेको अर्थतन्त्रलाई समेत टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो संस्था आफ्नो उद्देश्य तथा लक्ष्य बमोजिम निरन्तर अगाडि बढिरहेको छ । संस्थाको लक्ष्य र उद्देश्यमा निरन्तर सफलता पनि मिलिरहेको छ ।
हालसम्म आइपुग्दा संस्थाको चुक्ता सेयर पूँजी कति पुग्यो ? संस्थाका सेयर सदस्य कुन र कस्ता बर्गका छन् ?
संस्थाको चुक्ता पूँजी २०७३ मंसिर मसान्तसम्ममा चुक्ता सेयर पूँजी अघिल्लो बर्षको तुलनामा ९.८७ प्रतिशतले बृद्धि भई २ करोड ८८ लाख ६४ हजार ३०० रुपैयाँ पुगेको छ । संस्थाको कार्यालय रहेको स्थानका स्थानीयहरु यस संस्थामा बढि रहेका छन । त्यसैगरी आफ्नो कार्यक्षेत्रमा रहेका व्यवसायी, बुद्धिजीवी, निम्न वर्ग देखि उच्च वर्गका व्यक्तीहरु समेत संस्थामा आबद्धता रहेको छ ।

संस्थाको वित्तीय अबस्था र कारोबार कस्तो रहेको छ ?
संस्थाको वित्तीय अवस्था मजबुद रहेको छ । संस्था निरन्तर नाफामा नै सञ्चालित हुँदै आएको छ । वित्तीय अवस्था मजवुद भएको कारणले पनि हाम्रो संस्थाप्रति सदस्यहरुले विश्वास गरेर आप्mनो कारोवारलाई निरन्तर अगाडि बढाई रहनुभएको छ । संस्थाले दिने सदस्यमूखि सेवा र संस्थाका सञ्चालकहरु समाजमा कहलिएका प्रतिष्ठित व्यक्तिहरु रहेकाले पनि यो संस्था प्रतिको कारोबारमा कुनै गिरावट आएको छैन । यसले संस्थालाई थप उत्साहित बनाएको छ, प्रोत्साहन मिलेको छ । यसको मूल्यांकन हामी व्यवस्थापकीय तहमा रहेका सबै जिम्मेवार व्यक्तिहरुले गरेका छौं । उक्त उत्साहलाई थप परिणाममूखि बनाउदै संस्थाका सेयरधनीलाई थप उचित प्रतिफल दिन हामी प्रतिबद्ध छौं । गत आ.व.को तुलनामा यस आ.ब.मा संस्थाले सेयर पूँजीमा ९.८७ प्रतिशत, निक्षेप बचतमा ९.१८ प्रतिशत र कर्जा लगानीतर्फ ०.००५ प्रतिशत बृद्धि हुनुका साथै आम्दानीतर्फ १२.०५ प्रतिशतले बृद्धि भएको छ भने नाफा १५८.१६ प्रतिशतले बृद्धि भएको छ । संस्थाले आ.ब. २०७२-०७३ मा करिब १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसरी तथ्यांकीय हिसावले हेर्दा पनि संस्थाको वित्तीय अवस्था मजबुद रहेको र यस आ.ब. को प्रगति पनि सन्तोषजनक नै रहेको छ ।

संस्थाको निक्षेप संकलन तथा कर्जा लगानी कति रहेको छ ?
संस्थाले आ.ब. २०७२-०७३ सम्ममा ६७ करोड ०५ लाख ०२ हजार ५०५ रुपैयाँ निक्षेप संकलन गरेको छ भने लगानी ६७ करोड ४८ लाख ०७ हजार ००७ रुपैयाँ लगानी गर्न सफल भएको छ ।

लगानी कुन र कस्ता क्षेत्रमा गर्दै आउनुभएको छ ? असुलीको अबस्थाको कस्तो छ ?
संस्थाको लगानी सदस्यको आवश्यकतामा पनि भर पर्छ । हामीले सदस्यको आवश्यकता बमोजिम विभिन्न शिर्षकमा कर्जा लगानी गर्दै आएका छौं । संस्थाले गरेको लगानीले विशेषगरी सदस्यको आर्थिक उन्नती होस्, रोजगारी बढाओस्, मुलुकको आर्थिक गतिविधि बढाओस् भन्ने हाम्रो सदिक्षा रहेको हुन्छ । कर्जाको लागि हाम्रो ‘फोकस’ उत्पादनमूलक क्षेत्र नै रहेको छ ।

संस्थाका सदस्य कुन र कस्ता बर्गका छन् ?
संस्थाको कार्यालय रहेको स्थानका स्थानीयहरु यस संस्थामा बढि रहेका छन । त्यसैगरी आफ्नो कार्यक्षेत्रमा रहेका व्यवसायी, बुद्धिजीवी, निम्न वर्ग देखि उच्च वर्गका व्यक्तीहरु समेत संस्थामा आबद्धता रहेको छ ।

संस्थाका सेवा तथा विशेषताहरु के कस्ता छन् ?
विगत ११ बर्ष अघिदेखि आफ्नै भवनबाट आर्थिक कारोबार गर्दै आएको यो संस्थाले सदस्यहरुलाई बचत तथा ऋणका अतिरिक्त विभिन्न सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । संस्थाले जेष्ठ नागरिकहरु, उत्कृष्ट ऋणीहरु र असल निक्षेपकर्ताहरुलाई हरेक बर्ष सम्मान गर्दै आइरहेको छ । संस्थाले उच्च प्रतिविधिको आवश्यकतालाई आत्मसात गर्दै सदस्यहरुलाई सफ्टवयरको माध्यमबाट सरल, छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्दै आइरहेका छौं । सदस्यको सूचना तथा सुविधालाई केन्द्रित गर्दै एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्दै आइरहेका छौं ।

संस्थाले सहकारी अभियानमा कसरी योगदान पु-याउँदै आएको छ ?
नेशनल डेभलपमेन्ट सहकारी अभियानकै विशेष महत्व राख्ने संस्था मध्येमा पर्छ । यो संस्थाको अगुवाई र मेरो विशेष पहलमा राष्टिूय सहकारी बैंक स्थापनामा भएको छ । उक्त बैंकमा निवर्तमान अध्यक्षका साथै जिल्ला सहकारी संघ लि. ललितपुरको सल्लाहकार, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ललितपुर सल्लाहकार, ललितपुर उद्योग बाणिज्य संघमा एसोसियट्स सदस्य र केन्दीय उपभोक्ता सहकारी संघ लिमिटेडको सदस्य रहेका छौं । सदस्यको उचित सम्मानका साथै सहकारी अभियानका हरेक गतिविधिमा यो संस्थाले विशेष योगदान पु¥याउँदै आएको छ । यसको मूल्यांकन सबै सदस्यहरु तथा निकायहरुबाट भएको हामीले महसुस पनि गरेका छौं ।

संस्थाको १९ औं साधारणसभाका महत्वपूर्ण एजेन्डाहरु के कस्ता रहेका िथए ?
सहकारीमा साधारणसभालाई महत्वपूर्ण रुपमा लिइन्छ । यही सभावाट विगतको प्रगतिको समिक्षा र भावि कार्यक्रमहरु तय तथा पारित गराउने प्रचलन रहेको छ । यस संस्थाले पनि यस सभााबाट बार्षिक प्रतिवेदन पारित गर्ने र भावि कार्यक्रम तय गरिएकाे िथयाे ।

सामाजिक कार्यमा संस्थाले कसरी योगदान पु-याउँदै आएको छ ?
सेयर सदस्य र संस्थागत विकाससँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समयानुकुल विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । विभिन्न समयमा रक्तदान, टोल सरसफाई सरसफाईलगायत समयसापेक्ष विभिन्न गतिविधिमा संस्थाले योगदान पु-याउँदै आएको छ ।

संस्थाका भावि योजना तथा कार्यक्रमहरु के कस्ता छन् ?
संस्थाको नाममा मालपोत कार्यालय ललितपुरमा दर्ता रहेको धापाखेलका जग्गा विक्री गर्ने, संस्थाका सेयर सदस्यहरुलाई धार्मिक, सांस्कृत तथा पर्यटकीय स्थानहरुमा भ्रमण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ । हरेक बर्ष संस्थामा आबद्ध जेष्ठ नागरिक सम्मानलाई अर्को बर्ष पनि कायम गरिने छ । यसका साथै संस्थाको साखलाई अझ् उचाईमा पु-याउन, संस्थाको उन्नती गर्नका साथै सदस्यहरुलाई संस्था बढी प्रतिफलमूखि सावित गर्न अन्य सबै किसिमका प्रयासहरुलाई जारी राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij